प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आव्हान

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आव्हान गरेको छ ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आव्हान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा दिउँसो २ बजे हुनेछ।

सभाले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन नियमनकारी निकायको स्वीकृति लिई हाल कायम चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभिने कार्यमा भएका खर्चहरु अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक पारित गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।

 

 

प्रतिकृया दिनुहोस्