गाँजा सहित सर्लाहीबाट तीनजना भारतीय नागरिक पक्राउ
सर्लाहीमा लागुऔषध गाँजा सहित तीनजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको विहार राज्य सीतामढी ग्राम पंचायत राजा प्रसोनी १ का २३ वर्षीय मो साकिर, वडा नं ९ का ३५ वर्षीय नुर महमद राई र शिवहर ग्राम पंचायत सलिमपुर वडा नं १३ का २० वर्षीय मो नसु आलम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिएका छन ।मंगलवार दिउँसो सर्लाहीको मलगंवा नगरपालिका–८ स्थित प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको ना २ ह १५६७ नम्बरको टेम्पोलाई चेकजाँच गर्दा १० किलो लागुऔषध गाँजा बरामद गरिएको छ ।गाँजा सहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

.jpeg)

.jpeg)